FAQs Complain Problems

समाचार

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

यस दक्षिणकाली नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फर्पिङको मिति २०81/०3/18 गते अन्‍नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित दक्षिणकाली नगरपालिका क्षेत्र भित्र पर्ने निर्माणमूखी (ढुंगा, गिट्टी, वालुवा, ग्राभेल र माटो) लगायतका प्राकृतिक स्रोत ढुवानी गर्ने सवारी साधनबाट शुल्क/दस्तुर संकलन गर्न बोलपत्र आह्वानको सूचना बमोजिम रितपूर्वक दर्ता हुन आएका बोलपत्रदाताको बोलपत्र मूल्यांकन समितिको सिफारिस अनुसार सारभूत रुपमा प्रभावग्राही र अधिकतम मूल्यांङ्कित तपसिल बमोजिमको बोलपत्र स्वीकृत गर्न यस कार्यालयको निर्णयानुसार छनौट गरिएकोले "दक्षिणकाली नगरपालिकाको आन्तरिक आय संकलन(ठेक्‍का बन्दोबस्त) सम्बन्धी कार्यविधि,2078 " दफा नं.५ को उपदफा १ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।